अन्तर्राष्ट्रिय

पाहुना बस्न आएकाको हत्या : हत्या गर्न पाँचलाखको सुपारी




झापा २० असार । झापामा घरमा आएका एक व्यक्तिको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । भारतीय नागरिक ४० वर्षीय जपडीया नरेशकुमार बाबु भाइको हत्या आरोपमा उनीहरू पक्राउ परेका हुन् ।यही असार १२ गते साँझ झापाको अर्जुनधारा नगरपालिका(४ स्थित जुकेखाडी(साहसी टोलको भित्री कच्ची सडकखण्डको ह्युम पाइपभित्र उनको शव फेलापरेको थियो । पक्राउ पर्नेमा अर्जुनधारा( ७ की ३२ वर्षीया जानुका सुवेदी थापा, सोही ठाउँ बस्ने ४९ वर्षीय विनय भनिने बृखबहादुर थापा र सुनसरीको बराहक्षेत्र नगरपालिका १० का २५ वर्षीय सुरेश परियार छन् ।
जसलाई घर बनाउन पाँच लाख दिए उनैबाट मारिए:
प्रहरीका अनुसार ०७६ मंसिरमा जानुका कामको सिलसिलामा नेपालबाट भारतको दिल्ली गएकी थिइन् । उनी त्यहाँ दुई महिना बसेपछि गुजरातमा गएर डेढ महिना बसिन् । त्यही क्रममा जानुकाको जपडीयासँग भेटघाट र चिनजान भयो ।उनै भारतीयले जानुकालाई ०७६ साल फागुन अन्तिम साता भारतको पानीट्यांकीसम्म ल्याएर छाडेका थिए । ०७६ साल चैतमा जपडीयाले जानुकाका छोराछोरीहरूका लागि खेलौना तथा लत्ताकपडा समेत भारतबाट नेपाल पठाएका थिए ।
जानुकासँगको सम्पर्कपछि उनी पटक(पटक मोरङको विराटनगर आउने(जाने गरेको खुलेको छ । सोही क्रममा जपडीयाले जानुकालाई घर निर्माणका लागि पाँच लाख रुपैयाँ समेत दिएको पाइएको छ । ०७९ साल वैशाख ४ गते इलाका प्रहरी कार्यालय रानीले अवैध भारतीय ५९ हजार रुपैयाँसहित ती भारतीयलाई पक्राउ गरेको थियो । उनी धरौटीमा छुटेका थिए । तारेख बुझाइरहेका थिए ।

दुर्व्यवहार गरेपछि बन्यो हत्या योजना :
प्रहरीका अनुसार गएको जेठमा जपडीया तारेखका लागि भारतबाट अर्जुनधारा(७ स्थित जानुकाको घरमा आएका थिए । उनी त्यहाँ तीन दिन बसेर फर्किएका थिए । तर, त्यहाँ बस्दा जानुकाको श्रीमानको अगाडि जपडीयाले दुर्व्यवहार गरेपछि श्रीमान(श्रीमती दुवैले उनको हत्या योजना बनाएका थिए ।जपडीया फेरि भारतबाट असार ७ गते तारेखकै लागि जानुकाको घर आए । सो राति जानुकाकै घरमा बसेपछि उनी तारेखका लागि सुनसरीको इटहरी गई सोही दिन दिउँसो साढे २ बजे घरमा फर्किएका थिए ।जपडीयालाई मार्ने योजनाअनुसार सुरेश परियार, अर्को एक जना मानिस, जानुका र बृखबहादुरका बीचमा हत्या गरेपछि पाँच लाख रुपैयाँ दिने सहमति भयो ।
असार ८ गते सुरेश जानुकाको घरमा आई बसेको र ९ गते बिहान योजनाअनुसार अर्का एक जना मानिस समेत उनको घरमा आए । ९ गते जपडीया इटहरीबाट आफ्नो तारिखमा उपस्थित भएर जानुकाको घर फर्केपछि योजना मुताबिक साँझ जपडीया, सुरेश र अर्का एकजना मानिससँगै बसेर मादकपदार्थ सेवन गरेको खुलेको छ ।
सोही राति साढे १० बजेको समयमा भुइँतलाको उत्तरतर्फको कोठाको ढोकामा उभिरहेका मृतकलाई सुरुमा सुरेशले पछाडिबाट घाँटीमा मुड्कीले प्रहार गर्दा उनी भुइँमा लडी फूलको गमलामा ठोक्किएका थिए । भुइँमा लडेसँगै सुरेशले उनको मुख थुनिदिई अर्का मानिसले घरमा रहेको फलामको माडतोलले निधारलगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको खुलेको छ ।
प्रहरीका अनुसार शवलाई लुकाउन र घटनालाई ढाकछोप गर्ने नियतले बोराभित्र प्याक गरी बृखबहादुरले चलाउने गरेको प्रदेश नं १(०१(०१२ प ८१५० नम्बरको मोटरसाइकलमा सुरेश र अर्का एक जना मिलेर लिएर गई ह्युम पाइपभित्र राखेर फर्केको पाइएको छ ।हत्यापछि जानुकाले सुरेशलाई सुरुमा २५ हजार रुपैयाँ र पछि पुनः एक लाख ७५ हजार रुपैयाँ गरी दुई लाख दिएको खुलेको छ । यस्तै, घटनामा संलग्न अर्को व्यक्तिलाई एक लाख दिएको खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २० असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६