अन्तर्राष्ट्रिय

विश्व शान्ति क्षेत्र लुम्विनीमा हतियार सहित ३ भारतीय पक्राउ



बुटवल २१ ऋसार । रुपन्देही प्रहरीले लुम्बिनी क्षेत्रबाट हतियारसहित ३ जना भारतीय नागरिक पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीले भारतको सिद्दार्थनगर बस्ने ३४ वर्षीय मेदी हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलिलाई पक्राउ गरेको जनाएको छ । आइतबार राति साढे ८ बजे प्रहरी निरीक्षक युवराज जंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोटरसाइकल चालक मेदी हुसेनको दाहिने कम्मरपेटीबाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउन्ड गोली र चक्कु एक थान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेद पौडेलले जानकारी दिए । प्रहरीले यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल पिछा गर्दै जाने क्रममा मोटसाइकल अनियन्त्रित भइ गोरुलाई ठक्कर दिइ दुर्घटना समेत भएको थियो । मोटरसाइकल दुर्घटनामा परि तीनै जना घाइते भएकोले उनीहरुलाई उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको पौडेलले बताए । मोटरसाइकलले ठक्कर दिएको गोरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : २१ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६