प्रदेश

अर्थमन्त्रीको राजीनामा माग्दै युवा संघको विरोध प्रदर्शन



काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले हनुमानस्थानमा विरोध प्रदर्शन गरेको छ ।

मंगलबार दिउँसो जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले सिंहदरवार नजिक रहेको हनुमानस्थानमा भेला भएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, जनार्दन की धनार्जन ? जुगाँ कालो मन, देश डुबाउने मै हो भन ’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रकाशित : २१ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६