खेलकुद

१३ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको छनोट प्रक्रिया सकियो, ८२ जना छानिए



कपिलवस्तु, २१ असार ।
१३ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता एक भव्य कार्यक्रमका विच मायादेवी रंगशालामा सम्पन्न भएको छ ।

२०७९ असार १८ गते देखी सुरु भएको कार्यक्रम कार्यलय प्रमुख मिन प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्ला समन्वय समितीका प्रमुख वावुराम आचार्यद्धा उद्घाटन गरीएको कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका वोर्र्ड सदस्य श्री विरेन्द्र वहादुर चौधरीको विशिष्ट आतिथ्यता, भलिबल संघका अध्यक्ष भरत थापा, कराते संघका अध्यक्ष रामु सुनार र जिल्ला खेलकुद विकास समितीका स.प्र. हेमन्त श्रेष्ठ, मायादेवी गाउपालिका महिला तथा वालविकास परिषदका अध्यक्ष नैना कलर रेग्मी, शुद्धोधन गाउपालिकाका खेल शिक्षक हरि गैरे लगायतको आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा उद्घाटन खेल १५०० मिटर दौड बाट प्रमुख अतिथि वावुराम आचार्य ले सिठी बजाएर उद्घाटन गर्नुभएको थियो । उक्त उद्घाटन खेलमा वुद्धभुमि नगरपालिका का रोहित खरविन्दले ४ मिनेट ३५ सेकेन्ड मा दुरी पार गरी प्रथम भएका थिए भने क्रमश वाणगंगाका रोहित गुप्ता र कपिलवस्तु नगरपालिका का शिव शेकर यादब द्धितिय र तृतिय स्थान प्राप्त गरका थिए ।

कार्यक्रममा भलिवल महिला पुरुष , कबड्डी महिला पुरुष, एथ«लेटिक्स महिला पुरुष, र मार्शल आर्टहरु महिला पुरुष लगायतका खेल संचालन गरीएको थियो ।

प्रतियोगितामा वाणगंगा, वुद्धभुमि, शिवराज, कपिलवस्तु र शुद्धोधनका गरी ३५० खेलाडीको सहभागिता रहेको थियो । प्रथम स्थान हासिल गर्न सफल भएको वाणगंगा नगरपालिकाले २३ स्वर्ण, ९ रजत र २ कास्य गरी कुल ३४ पदक हात पारेको थियो । त्यस्तै द्धितिय स्थान प्राप्त गर्न सफल भएको शिवराज नगरपालिकाले ६ स्वर्ण २४ रजत र ६ कास्य गरी कुल ३६ पदक आफ्नो पक्षमा ल्याउन सफल भएको थियो भने ५ स्वर्ण ४ रजत र ६ कास्य गरी कुल १५ पदक हात पर्दै कपिलवस्तु नगरपालिकाले तृतिय स्थानमै चित्त बुझाउनु परेको थियो । वाणगंगा नगरपालिका दोस्रो पटक शिल्ड विजेता बन्न सफल भएको हो ।

अतिथि, दर्शक, खेलाडी लगायत सम्पुर्णको सहयोगले खेल भव्य रुपले सम्पन्न भएकोमा पुर्व अध्यक्ष छविलाल रेश्मी मगरले उपस्थित सम्पुर्ण प्रति धन्यवाद ब्याक्त गर्नुभएको थियो ।

अविर र प्रमाणपत्रद्धारा वाणगंगा नगरपालिका का शिक्षा युवा खेलकुद शाखा का शाखा अधिकृत खिम बहादुर जि. सी. लाई रनिङ्ग शिल्ड हस्तान्तरण गरीएको थियो । त्यस्तै कपिलवस्तु जिल्ला बाट ८२ जना खेलाडी तथा ६ जना टिम प्रशिक्षक र व्यावस्थापक लाई २४ देखि २६ सम्म दाङ जिल्लामा आयोजना हुने १२ आँै लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मा सहभागी गराउने भएको छ । प्रदेशमा सहभागि खेलाडी हरुले सधै झै यो जिल्ला लाई धेरै भन्दा धेरै पदक ल्याउन शुभकामना समेत प्रदान गरीएको छ ।

साथै खेलमा एथ«लेटिक्स छात्रा सूर्याेदय मा. वि. कि रेजिना थारु र छात्र तर्फ कनक मुनि मा.वि का उदयमान खेलाडी सुदिप थारु उत्कृष्ट खेलाडीको रुपमा छनोट भएका छन ।

त्यस्तै कार्यक्रम बाट वाणगंगा, वुद्धभुमि, शिवराज, कपिलवस्तु नगरपालिका र शुद्धोधन गाउपालिका बाट ८२ जना छात्र छात्रा खेलाडीहरु समेत छनोटमा पर्न सफल भएका छन ।

प्रतियोगिता स्थल मायादेवी रंगशाला प्रदेश कै उत्कृष्ट खेल मैदान भएको खेल मैदान निरिक्षण अनुगमन मा आउनु भएका लुम्बिनी प्रदेश सदस्य सचिव जय प्रकाश भट्टराई ले बताउनु भयो ।

खेलाडी, दर्शक, विभिन्न संघ सस्थाका पदाधिकारी, पत्रकार लगायत सयौँ ब्याक्तिको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन भने खेल शिक्ष्क मदन शाहिले गर्नुभएको थियो ।

प्रकाशित : २१ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६