खोज–अनुसन्धान

लुम्विनी प्रदेशवाट दैनिक ४ सयबढी युवा विदेशिन बाध्य :सबैभन्दा धेरै कुन जिल्लावाट ?




बुटवल २२ असार । लुम्बिनी प्रदेशमा रोजगारका लागि पछिल्लो एक महिनाको अवधिमै १२ हजार बढी विदेशिएका छन् । रोजगारका लागि पुनः विदेशीनेभन्दा पहिलो पटक विदेश जानेहरुको संख्या बढी देखिएको छ । वैदेशि रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार लुम्बिनी प्रदशका १२ जिल्ला, रुकुम पश्चिम र नवलपरासी पूर्वसहितकका १४ जिल्लाबाट जेष्ठ महिनाभित्र मात्रै १२ हजार २९२ जना रोजगकारका लागि विदेशिएका छन् । पछिल्लो एक महिनाको मात्रै तथ्याङ्कलाई आधार मान्ने हो भने दैनिक ४ सय बढी युवाहरु लुम्बिनी प्रदेशबाट रोजगारका लागि बिदेशिनु पर्ने बाध्यता रहेको ।
विदेशिएका मध्ये ६ हजार ४९९ जना पहिलो पटक रोजगारका लागि विदेशिएका हुन् । जस मध्ये ६ हजार १०९ पुरुष र ३९० महिला रहेका छन् । यसैगरी पुनः विदेशिनेको संख्या ५ हजार ७९३ रहेको छ ।

जसमध्ये ५ हजार ५८५ पुरुष तथा २०९ महिलाको संख्या रहेका छन् । २ वर्षको कोरोना महामारीपछि विदेशीने संख्या बढ्दै गएको विभागको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशका जिल्लाहरु मध्ये रोजगारीका लागि विदेशीनेको संख्या सबैभन्दा बढी रुपन्देहीमा देखिएको छ ।रुपन्देहीबाट गत जेष्ठ महिना भित्र १ हजार ८३३ पुरुष तथा १०९ महिला गरी १ हजार ९ सय ४२ जना विदेशिएका छन् । यसैगरी दोस्रो स्थानमा रहेको कपिलवस्तुबाट १ हजार ४५३ जना विदेशिएका छन् । जसमध्ये २९ जना महिलासमेत रहेका छन् ।

रोजगारका लागि एक महिनाको अवधिमा नवलपरासी पूर्व र नवलपरासी पश्चिमबाट १ हजार ९४२, पाल्पा ८८८, गुल्मी ९४६, दाङ १ हजार ३८५, रुकुम पूर्व र रुकुम पश्चिमबाट ४४२ जना विदेशिएका छन् । यसैगरी बर्दियामा ५९१, बाँकेमा ७४२, अर्घाखाँचीमा ५८१ र प्यूठानमा ४८१ जना रोजगकारका लागि देश छोडेका छन् ।सुरक्षित आप्रबासनका लागि राष्ट्रिय सञ्जालका हरी थापाका अनुसार स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्नुका साथै मुलुकको चरम आर्थिक संकटले विदेशिनीको दर अझ बढ्न सक्ने छ ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६