खेलकुद

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज




असार २२,
काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । खेल किङ सिटीमा नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ ।
नेपाल र क्यानडाबीच हिजो हुने भनिएको पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखला अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले क्यानडाको स्थानीय क्लब ओन्टारियो क्लबसँग दुई वटा अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । क्यानडासँग एकदिवसीय श्रृंखलापछि नेपाली टोली स्कटल्याण्ड जानेछ ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६