प्रदेश

अबको एक दुई दिन हल्का मात्रै वर्षा, गर्मी बढ्ने




असार २२,
काठमाण्डौ – काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हल्का वर्षा भए पनि गर्मी बढेको छ । मौसमविद् हिरा भट्टराईका अनुसार अहिले ‘मनसुन ब्रेक’ भएको छ ।
‘यस्तो बेला मनसुनी गतिविधि कम हुन्छ । गर्मीको समय भएकाले मनसुनी गतिविधि कम हुनासाथ गर्मी बढ्छ’ उहाँले भन्नुभयो । अबको एक दुई दिन देशका धेरै ठाउँको मौसम यस्तै रहने पनि उहाँले जानकारी दिनुभयो । मनसुनको समयमा हुने मौसम सम्बन्धी यस्ता गतिविधि सामान्य नै रहेको मौसमविद् भट्टराईले बताउनुभयो ।
आज धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना भने छ तर पनि गर्मी भने बढ्ने मौसमविद् भट्टराईले बताउनुभयो । काठमाण्डौमा बिहान हल्का पानी परेको थियो । एक दुुई दिन धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने अनुमान गरिएको छ । गण्डकी र सुदूरपश्चिमका एक दुई ठाउँमा भने हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६