प्रदेश

अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने एमालेको तयारी




असार २२,
काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले आफूबारे लागेको आरोपबारे आजको प्रतिनिधि सभा बैठकमा बोल्ने तयारी गर्नु भएको छ । उहाँले सभामुख अग्निप्रसाद सापकोटासँग बोल्नको लागि समय माग्ने तयारी गर्नुभएको छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले भने संसद्को रोष्ट्रममा अर्थमन्त्री शर्मालाई बोल्न नदिने बताएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्री शर्मालाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने बताउनुभयो ।
बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म बस्न सकेको छैन । अर्थमन्त्री शर्मामाथि बजेटमा करका दर हेरफेर गर्ने क्रममा जेठ १४ गते अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेको छ । अर्थमन्त्रालयले त्यतिबेलाको सीसीटीभी फुटेज समेत डिलिट भएको सूचना दिएपछि विवाद झन् बढेको छ ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६