प्रदेश

तिनाउ करिडोरमा काम गर्ने एक मजदुर मृत फेला




बुटवल, २३ असार। बुटवल उपमहानगरपालिकाको तिनाउ करिडोरमा कार्यरत एक मजदुरको रहस्यमयी मृत्यु भएको छ । दाङको घोराही नगरपालिका–५ घर भई हाल बुवलको तिनाउ करिडोरमा काम गर्दै आएका ५२ वर्षीय रमेश डाँगीको मृत्यु भएको हो ।

बुटवल–११ देविनगर पुल मगर घाटको उत्तरतर्फ निर्माणस्थल कुरुवाको रुपमा काम गर्दै आएका डाँगीलाई मृत अवस्थामा भेटेपछि सँगै काम गर्ने तथा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बारे जानकारी पाए लगत्तै बुटवल देविनगर प्रहरी चौकीको टोली त्यस स्थानमा पुगेको छ । प्रहरीका अनुसार बुधबार साँझसँगै काम गर्ने साथीहरुसँग मदिरा सेवन गरेर सुतेका डाँगी आज विहान मृत अवस्थामा फेला परेका हुन् ।

तिनाउ करिडोर निर्माणको जिम्मा पाएको किरातेश्वर मैनाचुली/अविसा जेभीको काम गर्दै आएका उनी निर्माणस्थलको क्याम्प कुरुवाका रुपमा काम गर्दै आएका थिए । घटना बारे थप अनुसन्धानका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम लागि लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २३ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६