अर्थ-वाणिज्य

शेयर बजारमा अर्थमन्त्रीको राजीनामाको असर देखिएन




असार २३, काठमान्डौ ।
शेयर बजार आज बिहीवार साढे १६ अङ्कले घटेको छ । अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि बजार बढ्ने लगानीकर्ताको आँकलन थियो तर शर्माको राजीनामापछि पनि बजार ओरालो लागेको छ ।
शेयर बजार परिसूचक नेप्से आजा १६ दशमलव ६० अङ्कले घटेर २ हजार २७ दशमलव ३२ विन्दुमा झरेको छ । म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । २ सय २९ वटा कम्पनीका ४७ लाख ११ हजार कित्ता शेयर १ अर्ब ८० करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर ७ करोड ६५ लाख रुपैयाँमा कारोबार भएको छ ।
नेप्से ओराले लागेको दिन समिट लघुवित्त र लिवर्टी इनर्जी कम्पनीको शेयर ५ प्रतिशतभन्दा धरैले घटेको छ । समग्रमा बजार घटे पनि माउन्टेन हाइड्रो नेपालको शेयर भने ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित : २३ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६