असार २३,
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिनु हुने भएको छ । प्रधानमन्त्री जोनसनले आज पार्टीको नेताबाट राजीनामा दिने र आउँदो शरद् ऋतुसम्म प्रधानमन्त्री पदमा रहने बीबीसीले जनाएको छ ।
यही गर्मीयाममा कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व छान्ने प्रक्रिया सुरु हुने र आउँदो अक्टोबरमा पार्टी सम्मेलन हुनुअघिसम्म नयाँ प्रधानमन्त्रीको घोषणा हुने बीबीसीले जनाएको छ । पछिल्लो दुई दिनमा मन्त्रिपरिषद्का कैयौँ मन्त्रीले राजीनामा दिएका छन् र केही सांसद पनि उहाँका विरुद्ध छन् । सरकारका प्रभावशाली केही मन्त्री तथा सल्लाहकार गरी ४० जनाभन्दा धेरैले राजीनामा दिएपछि बेलायती प्रधानमन्त्री जोनसन दबाबमा पर्नुभएको छ ।
२३ असार २०७९, बिहिबार
प्रतिक्रिया