कृषि

किसानलाइ मल उपलब्ध गराउन सांसद संग्रौलाको माग




असार २३,
काठमाण्डौ – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ ।
आज बिहीवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले मानो रोपेर मुरी उमार्ने बेलामा सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै आक्रोश व्यक्त गर्नुभएको हो । उहाँले किसानले मल कहिले पाउँछन् ? त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो ।
सांसद संग्रौलाले बाढी, पहिरो पीडितहरूलाई राहत दिने, उद्धार गर्ने र प्रकोप न्यूनीकरणका सम्बन्धमा सरकारले के गरिरहेको छ भनेर जिज्ञासा पनि राख्नुभयो । यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद दलबहादुर रानाले तानसेन–बुटवल सडक खण्डमा सुरक्षित रूपमा गाडी चल्ने गरी आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नुभयो । उहाँले यस सडक खण्डमा जुनसुकै बेला पनि पहिरो जान सक्ने, ढुङ्गा खस्न सक्ने, भाँसिने समस्या रहेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी सांसद दिलकुमारीले जनताका छोराछोरीले नागरिकता कहिले पाउँछन् ? भनी सरकारसँग प्रश्न गर्नुभयो । उहाँले नेपालीका सन्तानले नागरिकता नपाउने दूर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गर्दै त्यस्तो अवस्थाको अन्त्य नगरे नेपालमा पनि जनताले नेतालाई लखेट्ने दिन आउने चेतावनी दिनुभयो ।

प्रकाशित : २३ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६