प्रदेश

चक्रपाणि खनाल (बलदेव) नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्यमा चयन




हरि घिमिरे, २३ असार ।
नेकपा माओवादि केन्द्रको स्थायी कमिटी सदस्यमा चक्रपाणि खनाल (बलदेव) चयन हुनुभएको छ । माओवादि केन्द्रका लुम्बिनी प्रदेश ईन्र्चाज, कपिलवस्तु क्षेत्र न. १ का सांसद खनाल काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्यमा चयन हुनु भएको हो । पुर्व जनमुक्ति सेनाका डेपुटि कमान्डर समेत रहनुभएका खनाल केन्द्रको महासचिव पदकालागि दावेदार रहनु भएको थियो । लुम्बिनी प्रदेशको दोस्रो बरियतामा खनाल रहनु भएको । अहिले सम्म लुम्बिनी प्रदेश बाट स्थायी कमिटीमा कृष्णबहादुर महरा, चक्रपाणि खनाल (बलदेव) र बर्षमान पुन चयन हुनुभएको छ । जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका सदस्यका एक तिहाइसम्म स्थायी कमिटी सदस्य बनाउन सकिने विधानमा भएको व्यवस्थाअनुसार ४१ सदस्यीय स्थायी कमिटी हुने जानकारी दिनुभयो । प्रचण्डले यसअघि नै सदस्य रहेका १५ जनाको नाम वाचन गर्नुभएको थियो । बाँकीको नाम छिटै टुङ्गो लगाउने उहाँको भनाइ छ । प्रचण्डले आफूसहित नारायणणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मात्रिका यादव, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेत र हरिबोल गजुरेलको नाम टुङ्गिएको र बाँकीको पनि चाँडै टुङ्ग्याउने बताउनुभयो ।
यसैबीच माओवादीको पोलिटब्युरो कमिटी एक सय ५६ सदस्यीय हुने भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि एक सय २५ जनाको नाम वाचन गर्नुभएको थियो । तर पार्टीमा लामो समय योगदान गरेका नेताहरूको नाम पोलिटब्युरोमा समावेश नभएको भन्दै विरोध भएपछि बैठक एक घण्टाको लागि स्थगित भएको थियो । विरोधपछि प्रचण्डले एक सय २५ जना पोलिटब्युरो सदस्य रहने र बाँकी ३१ जना वैकल्पिक सदस्यको रूपमा रहने भन्दै विवाद मिलाउनुभएको छ । उहाँले ’सिनियर’ नेता पोलिब्युरो र ’जुनियर’ नेता वैकल्पिक पोलिटब्युरो सदस्य हुने जानकारी दिनुभयो ।

प्रकाशित : २३ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६