प्रदेश

जस्तोसुकै परिस्थिति आए पनि सीमा सुरक्षाको लागि तयार छौँ : प्रधानसेनापति शर्मा




असार २४ काठमान्डौ ।
प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सबै पक्ष चनाखो रहनुपर्ने बताउनुभएको छ । सेनाले गरेको नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु विषयक दुई दिने सेमिनारको हिजो समापन गर्दै प्रधानसेनापति शर्माले सीमा क्षेत्रमा चुनौती बढ्दै गएकाले सबैले चनाखो भएर काम गर्नुपर्ने बताउनुभएको हो ।
सम्बोधनकै क्रममा प्रधान सेनापति शर्माले समस्या जस्तोसुकै विकराल र जटिल भए तापनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ बनाउन सीमा क्षेत्रमा हुने अवान्छनीय गतिविधिको निगरानी तथा नियन्त्रणमा कुनै कमी कमजोरी हुन नदिने बताउनुभयो ।
सीमा क्षेत्रमा सम्बद्ध सबै सरकारी निकायहरुबीच निरन्तर समन्वय र सहकार्य अपरिहार्य रहेको समेत प्रधानसेनापति शर्माको भनाइ छ । कार्यक्रममा रक्षा सचिव किरणराज शर्माले आउँदा दिनहरुमा सीमा सुरक्षालाई प्रविधिमैत्री र आधुनिक भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने नीति अन्तर्गत आवश्यक कदमहरु अघि सारेको जानकारी दिनुभयो ।
सेमिनारमा, नेपाली सेनाका रथिहरु, विभिन्न मन्त्रालयका सह–सचिवहरु, सीमाविद् तथा अन्तर्राष्ट्रिय कानुनका अध्ययनकर्ता, नापी विभागका उप–महानिर्देशक, राष्ट्रिय सुरक्षा परिषद्का सहायक संयोजक, नेपाल प्रहरीका नायब महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६