अन्तर्राष्ट्रिय

हराउने दुस्साहस राख्नेलाई युद्ध मैदानमा स्वागत गर्न रुस तयार




असार २४,
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशको उक्साहटमा लागेर युक्रेनले आफ्नै अस्तित्व खतरामा पारिरहेको बताउनुभएको छ ।
इन्डोनेसियामा सुरु भएको जी(२० का देशहरुको सम्मेलनकै समयमा मस्कोमा सांसदहरुको भेलालाई सम्बोधन गर्दै पुटिनले युरोपेली देश र अमेरिका लगायतका देशको उक्साहटकै कारण युक्रेनले आफ्नो अस्तित्व गुमाउँदै गएको र आउँदा दिन झनै दुस्खदायी हुने पनि चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एकजना मान्छे मात्रै रहँदासम्म पनि पछि नहट्ने बताएको उल्लेख गर्दै रुसी राष्ट्रपति पुटिनले यस्तो जिद्दी युक्रेनी नागरिकको लागि त्रासदीपूर्ण भएको पनि बताउनुभएको छ ।
सम्बोधनका क्रममा पश्चिमा देशप्रति आक्रामक देखिएका पुटिनले यदि कसैले रुसलाई हराउने दुस्साहस राख्छ भने उसलाई युद्धको मैदानमा स्वागत गर्न तयार रहेको पनि बताउनुभएको छ ।
गएको फेब्रुअरी अन्तिमदेखि रुसले युक्रेनमा आक्रमण थालेपछि पश्चिमा देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउनुका साथै युक्रेनलाई आर्थिक तथा सैन्य सामग्री सहयोग गरिरहेका छन् । तर पनि रुसले युक्रेनका थुप्रै महत्त्वपूर्ण क्षेत्र कब्जामा लिइसकेको छ ।
रुसले अहिले पूर्वी युक्रेनको खार्किभ लगायतका क्षेत्रमा आक्रमण तीव्र पारेको छ । इन्डोनेसियामा सुरु भएको जी(२० देशका नेताहरुको बैठकमा रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ पनि सहभागी हुनुभएको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशले रुससँग कुटनीतिक वार्ता नगरेको अवस्थामा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली, बेलायत लगायतका देशका विदेशमन्त्रीसहितको जी(२० को सम्मेलनलाई महत्त्वकासाथ हेरिएको छ ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६