प्रदेश

गृहमन्त्री खाँण भन्छन्, सहमतिमै नागरिकता विधेयक फिर्ताको प्रस्ताव ल्याएको हो



काठमाडौं, २४ असार । गृहमन्त्री बालकृष्ण खाणले तुरुन्तै नागरिकता विधेयक ल्याइने बताएका छन् । संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ताको प्रस्तावमाथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘दलहरुको बीचमा सहमति गरेर नयाँ विधेयक ल्याउँछौं । नयाँ विधेयक ल्याएर जतिसक्दो छिटो पास गराउने उद्देश्यले सरकारले बिचाराधीन विधेयक फिर्ता लिएको हो ।’

बिचाराधीन विधेयकमा रहेका विवादित विषयहरु कायमै राखेर अगाडि बढाउन भन्दा फिर्ता लिएर नयाँ विधेयक ल्याउँदा सहज हुने र दलीय सहमति जुटाउन पनि सहज हुने भएकाले सरकारले बिचारधीन नागरिकता विधेयक फिर्ता लिएको उनको प्रष्टीकरण छ ।

पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाले संविधान बनाएको उल्लेख गर्दै उनले संविधान अनुसार कानुन बनाउन भनेर तत्कालीन सरकारले विधेयक ल्याएको भए पनि त्यसलाई अगाडि बढाउन नसकेको, तत्कालीन सरकारले अध्यादेश ल्याएको त्यो पनि केही दिन कार्यान्वयन भएर रोकिएको उल्लेख गर्दै उनले अब फिर्ता लिएर नयाँ ल्याउँदा भने कानुन बन्ने दृढ विश्वास रहेको बताए ।

विचाराधीन विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याउने निर्णय सबै दलका शीर्ष नेताहरुको सहमतिमा गरिएको उनको जिकिर छ । ‘नागरिकताको समस्या सम्बोधन गर्नका लागि नै फिर्ताको प्रस्ताव ल्याएको हो । यस विषयमा शीर्ष नेताहरुसँग गम्भीर संवाद भएको छ’ उनले भने ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६