प्रदेश

७ सय ५३ वटै पालिकामा रोजगार सहायक पदमा दरखास्त आह्वान




काठमाण्डौ, २५ असार । ७ सय ५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त रहेको रोजगार सहायक पदमा पदपूर्तिका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले दरखास्त आह्वान गरेको छ ।

हरेक गाउँपालिका र नगरपालिकामा खुला प्रतिस्पर्धाबाट करारमा एक,एक जना रोजगार सहायक पदका लागि विज्ञापन गरिएको हो । स्थानीय सेवाको सहायक पाँचौँ तहमा योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

दरखास्त दिने अन्तिम मिति साउन ८ गतेसम्म रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमले निकालेको सूचनामा उल्लेख छ ।

प्रकाशित : २५ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६