प्रदेश

भोलिदेखि बजेट भुक्तानी नहुने



काठमाण्डौ, २५ असार । भोलिदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले भरे रातिदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा रोक्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निर्देशन दिएको छ ।

प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार निर्देशन दिइएको महालेखा कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रण कार्यालयको निर्देशनअनुसार हिजो शुक्रवार नै लेखा नियन्त्रक कार्यालय र इकाइहरुले आफ्नो प्रणाली बन्द गरिसकेका छन् । केही निश्चित प्रयोजनको बिल भने भुक्तानी हुने व्यवस्था नियमावलीमा छ ।

प्रकाशित : २५ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६