प्रदेश

स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्न माओवादीले बनायो समिति




काठमाडौं, २५ असार । नेकपा माओवादी केन्द्रले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तरघात भएको भन्दै छानबिन समिति बनाएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी सिमिति बैठकले चुनावमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यी समिति गठन गरेको हो पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । समितिको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेका छन् ।

केन्द्रीय समिति बैठकमा पार्टी केन्द्रीय सदस्यहरूले नै चुनावमा सहयोग नगरेको उम्मेदवारलाई घात गरेको कुरा उठेपछि स्थानीय समिति बैठकले छानबिन समित गठन गरेको प्रवक्ता महराको भनाइ छ।

गत निर्वाचनमा मुख्य गरी मधेश प्रदेशमा अन्तर्घात भएको पार्टी केन्द्रमा रिपोर्टिङ भएको थियो । यसअघि बलियो देखिएको माओवादी यसपटकको निर्वाचनमा मधेशमा कमजोर बनेको छ । मधेशका नेताहरूले अन्तर्घातका कारण पराजित हुनुपरेको रिपोर्टिङ गरेका थिए ।

प्रकाशित : २५ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६