प्रदेश

माओवादीको निणर्य साउनदेखि सबै प्रदेशमा चुनावलक्षित प्रशिक्षण सञ्चालन गर्ने




काठमाडौं, २५ असार । नेकपा माओवादी केन्द्रले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज शनिबार बसेको बैठकले आगामी प्रदेश र संघीय निर्वाचन लागि लक्षित गरी माओवादीले भेला र प्रशिक्षण गर्ने निर्णय गरेको हो ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण हुने छ । साउन १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १ मा, २४ गते लुम्बिनी, २८ गते सुदूरपश्चिम, २९ गते कर्णालीमा, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय र ३ गते प्रवासको प्रशिक्षण गर्ने निर्णय भएको उनले बताए ।

साथै, चुनावकै लागि प्रदेश समन्वय समिति गठन गरिएको छ । पार्टी केन्द्रसँग समन्वय गर्नका लागि प्रदेशका इन्चार्जको संयोजकत्वमा समिति गठन गरिएको छ । ययो समितिमा पार्टीका सबै केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी रहने प्रवक्ता महराले जानकारी दिए ।

प्रकाशित : २५ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६