प्रदेश

गठबन्धन राष्ट्रिय आवश्यकता हो, यो निर्वाचनसम्म रहन्छः माधव नेपाल




बुटवल, २५ असार । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पारेका छन् । ५ दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै उनले अब हुने संघ तथा प्रदेशको निर्वाचनसम्म यो कायम रहने दोहोर्याए ।

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार।सम्मेलनमा बोल्दै नेपालले सम्वन्न स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे । एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उनले बताए । उनले आगामी निर्वाचनका लागि समाजवादी जुटिसकेको बताउँदै थप सफलता प्राप्त गर्ने दाबी समेत गरे ।

उनले गठबन्धन आवश्यकता अनुसार भएतापनि स्थानीय तहमाफआफूहरू आफ्नै बलमा निर्वाचन लडेको बताउँदै अबको निर्वाचनमा पनि सोही अनुसार हुने बताए । अध्यक्ष नेपालले निर्वाचनमा आफूहरुमाथि षडयन्त्र भएको समेत उल्लेख गरे । उनले भने, ‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो, निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’

प्रकाशित : २५ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६