प्रदेश

गाई संरक्षणको जिम्मा स्थानिय तहले लिनुपर्छः गौं संरक्षण सेवा समिति कपिलवस्तु




हरि घिमिरे, २५ असार ।
श्री गौं संरक्षण सेवा समिति कपिलवस्तुले गाई संरक्षणको जिम्मा स्थानिय तहले लिनुपर्ने बताएको छ । दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा समितिले यस्तो बताएको हो । कपिलवस्तु जिल्लामा गाई संरक्षणमा चुनैति थपिदै गएकाले अव बिकल्प भनेको स्थानिय सरकार रहेको समितिको निष्र्कष छ । कार्यक्रमका प्रमुख अतिथि नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाईले गाई संरक्षण राष्ट्रको चुनौति बनेको बताउनु भयो । उहाँले भन्नुभयो “तर राष्ट्रको चुनौति भनेर स्थानिय सरकार मौन हुुनु हुदैन ।” ‘सबै जिम्मा स्थानिय तहकै हो ।’ अब जनताले एक्सन लिनुपर्छ ‘कृषको खेतिपातिको जिम्मा स्थानिय तहले लिन्छ कि गाई संरक्षणमा लाग्छ ।’ त्यस्तै उहाँले हामिले पुज्ने गाईलाई हामि आफै अपराध गरेका छौ हामिलाई पाप नलागेर कस्लाई लागोस । हामिले दुध खान्छौ पछि सडकमा लगेर छाड्छौं, सबैले यस्तो बानि सुधार्न पर्छ । त्यस्तै कार्यक्रममा ऋषिकेश भारद्धाज, पुष्पराज खड्का, सिमा सुवेदी, सुनिल तिवारी लगाएतले मन्तव्य राख्नु भएको थियो । साधारण सभा अधिवेशनमा समिसतका सचिव विष्णु बहादुर रायमाझिको प्रगति प्रतिवेदन तथा कोषध्यक्ष झविन्द्र शास्त्रीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । जिल्लाको गोरुसिङ्गे दुर्गा मन्दिरको सभाहलमा शनिवार सम्पन्न कार्यक्रममा समितिकी अध्यक्ष दुर्गा देबि थापाको अध्यक्षता, समितिका उपाध्यक्ष प्रकाश भुसालको स्वागत रहेको कार्यक्रमको संचालन भानु चर्तुवेदिले गरेका थिए । श्री गौं संरक्षण सेवा समितिको नयाँ समितिका लागि साउन ७ गते निर्वचन हुने जनाईएको छ ।

प्रकाशित : २५ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६