अर्थ-वाणिज्य

अव सबैपार्टीको राजनैतिक मुद्धा बिकास र समृद्धी : मन्त्री राई




बाँके २ ६असार ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले अवको राजनैतिक मुद्धा विकास र समृद्धी हुने वताउनु भएको छ । उहाले बर्तमान सरकारले दीर्घकालिन विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा तेस्रो पटक मन्त्रीमा नियुक्त भएपछि शनिबार पहिलो पटक गृहनगर नेपालगञ्ज आउनुभएका मन्त्री राईले जाति, भाषा, धर्म र अवसान भइसकेको मुद्दाको नाममा राजनीति गर्नेलाई बाँके बासीले सधै अस्वीकार गरिरहेको बताउनुभयो ।
समाजवादी पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिदै मन्त्री राईले कुनैपनि खालको जात, भाषा, धर्मको नाममा नभई विकासको एजेण्डाको आधारमा जनताको अगाडि प्रस्तुत हुन आग्रह गर्नुभयो । शिक्षा, स्वास्थ्य र बेरोजगारीजस्ता समस्या समाधानका लागि आफुले पहल गर्ने उहाँले आश्वासन दिनुभयो ।बाँकेबासीले निरन्तर साथ र सहयोग गरेका कारण आफु तेस्रो पटक मन्त्री हुन सफल भएको भन्दै उहाँले क्षेत्र नम्बर २ का मतदाताप्रति आभार प्रकट गर्नुभयो ।
यसअघि सहरी विकास मन्त्रीको रुपमा बाँके जिल्लामा महत्वपूर्ण योजनाको काम अघि बढाएको भन्दै उहाँले छोटो कार्यकाल भएपनि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा जनताले पछिसम्म सम्झन लायक काम गरेर देखाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सो अवसरमा मन्त्री राईलाई नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राई, वडा अध्यक्ष कौशलकुमार धोवी लगायतले सडक निर्माण, पशु अस्पताल लगायतका विभिन्न माग राख्नुभएको थियो ।

प्रकाशित : २६ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६