प्रदेश

मधेश प्रदेशमा विपक्षी दलको बहिस्कारका बीच दुई विधेयक पारित




जनकपुरधाम, २६ असार । मधेश प्रदेश सभामा शनिबार विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकले दुई विधेयक पारित गरेको छ । जापानी प्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा राष्ट्रिय शोक घोषणा गरेको दिन शनिबार वैठक राखेको भन्दै लोसपा र एमाले सांसदले बैठक बहिष्कार गरेका थिए ।

विपक्षी सांसद बैठक बहिष्कार गरेर हिंडेपनि बैठकलाई निरन्तरता दिइएको थियो । बैठकले आर्थिक विनियोजन विधेयक र प्रदेश सभा सचिवालय कार्य संचालन सम्बन्धी विधेयक पारित गरेको छ । वैठकमा विपक्षी दलका सांसद अनुपस्थित हुँदा पनि सभामुख सरोजकुमार यादवले यो दुबै विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरेका थिए ।

प्रदेशमा जनता समाजवादी पार्टी जसपा को नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र सहभागी सरकार छ । प्रदेश सभामा यी दलहरुको बहुमत छ । ‘प्रतिपक्षीको अनुपस्थितिमा वैठक बस्नु लोकतन्त्रको चिरहरण भएको छ’, विपक्षी दल लोसपाका सांसद उपेन्द्र महतोले भने, ‘यस्तो परम्पराले एउटा नजिर बस्छ ।’
आइतबार सुरु भएको १६ औं बैठकको सुरुमै बोल्दै महतोले प्रतिपक्षी बिना बैठक बसाइएको भन्दै खेद प्रकट गरे ।

प्रकाशित : २६ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६