प्रदेश

राज्यको गलत नितीका कारण काठ दाउरा सडेर गए जनताले उपभोग गर्न पाएनन्ः बलदेब




हरि घिमिरे, २६ असार ।
सामुदायिक बनको काठ दाउरा राज्यको गलत नितीका कारणले सडेर जाने गरेको कपिलवस्तु क्षेत्र न.१ का सांसद तथा पुर्व मन्त्री चक्रपाणि खनाल बलदेवल बताउनु भएको छ । नवप्रभात सामुदायिक बन उपभोक्ता समिति बाणगंगा ८ को बृहत्तर वृक्षारोपणको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि खनालले भन्नुभयो “जनचेतनाको अभाव र राज्यको निति कार्यन्वयन गर्ने नाममा बिभिन्न कार्यलय बाट दुरुपयोग भएकाले जंगलको काठ सडेर जनताले उपयोग गर्न पाएका छैनन् ।” राज्यले सहि निति बनाएमा जनताले गुणस्तरीय काठको उपयोग गर्न पाउने बताउनु भयो । खनालले संघका मन्त्रालय, प्रदेशका मन्त्रालय र स्थानिय तहसम्म बाहिरका चाईनिज काठका धुलोले बनेका फर्निचर छन् । एउटा टेवललाई डेढ लाख देखि दुई लाख सम्म पर्छ किन यस्तो भयो ? सोहि सन्दर्भ जोड्दै उहाँले यसको दोस निति निर्माता तथा आफुहरु पटक पटक मन्त्री हुदाँ गरेको गल्तीले यस्तो भएको बताए । उहाँले हामिले निति परिर्वतन गर्न नसक्ने, लागु गर्न पनि नसक्ने भएकाले सबै समस्या आएको हो । अवका दिनमा सामुदायिक वनले नगर वडाले लगानि गरेर निर्यात जन्य विरुवा रोपेर आर्थिक समिृद्धिका लागि लाग्न अपिल गर्नेु भयो । त्यस्ता ठाँउमा रुख जन्य विरुवा, फलफुल जन्य विरुवा तरकारी जन्य विरुवा लगाउन सुझाउनु भयो ।

प्रकाशित : २६ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६