हरि घिमिरे, २६ असार ।
नवप्रभात सामुदायिक बन उपभोक्ता समिति बाणगंगा ८ ले नदि उकास क्षेत्रमा बृहत्तर वृक्षारोपण सुरु गरेको छ । एक कार्यक्रमको आयोजनामा कपिलवस्तु क्षेत्र न.१ का सांसद तथा पुर्व मन्त्री चक्रपाणि खनाल (बलदेब) र राष्ट्रिय सभा सदस्य विमला घिमिरेले पिपलको विरुवा रोपेर शुभारम्भ गरिएकोे हो । कार्यक्रमका प्रमुख अतिथि चक्रपाणि खनाल बलदेवले सामुदायिक बनको काठ दाउरा राज्यको गलत नितीका कारणले सडेर जाने गरेको बताउनु भयो । उहाँले भन्नुभयो “जनचेतनाको अभाव र राज्यको निति कार्यन्वयन गर्ने नाममा बिभिन्न कार्यलय बाट दुरुपयोग भएकाले जंगलको काठ सडेर जनताले उपयोग गर्न पाएका छैनन् ।” राज्यले सहि निति बनाएमा जनताले गुणस्तरीय काठको उपयोग गर्न पाउने बताउनु भयो । खनालले संघका मन्त्रालय, प्रदेशका मन्त्रालय र स्थानिय तहसम्म बाहिरका चाईनिज काठका धुलोले बनेका फर्निचर छन् । एउटा टेवललाई डेढ लाख देखि दुई लाख सम्म पर्छ किन यस्तो भयो ? सोहि सन्दर्भ जोड्दै उहाँले यसको दोस निति निर्माता तथा आफुहरु पटक पटक मन्त्री हुदाँ गरेको गल्तीले यस्तो भएको बताए । उहाँले हामिले निति परिर्वतन गर्न नसक्ने, लागु गर्न पनि नसक्ने भएकाले सबै समस्या आएको हो । अवका दिनमा सामुदायिक वनले नगर वडाले लगानि गरेर निर्यात जन्य विरुवा रोपेर आर्थिक समिृद्धिका लागि लाग्न अपिल गर्नेु भयो । त्यस्ता ठाँउमा रुख जन्य विरुवा, फलफुल जन्य विरुवा तरकारी जन्य विरुवा लगाउन सुझाउनु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य विमला घिमिरेले सामुदायिक बनले नदिले कटान गर्न थालेको क्षेत्रलाई विरुवा रोपेर संरक्षणमा लाग्नु आवश्यक रहेको बताउनु भयो । सामुदायिक वनको लगानिमा वडाका धेरै स्थानमा भएका विकासका कामको प्रशंसागर्दै आगामि दिनमापनि सामाजिक तथा मानविय बिकासमा वनले महत्वपुर्ण भुमिका खेल्ने विश्वस ब्यक्त गर्नु भयो । उहाँले भन्नुभयो “सामुदायिक वन कार्य समितिको मात्रै होकि भन्ने जनताको गुनासो आँउछ, वन सबैको हो ।” यसो नगरौं ।
त्यस्तै पुर्व मन्त्री सुरेन्द्रराज आचार्यले बनलाई आधुनिकिकरण गरेर वैज्ञानिक वनको दिसातिर लाग्न आवश्यक रहेको बताउनु भयो । वैज्ञानिक वनले आम्दानिको स्रोत बढाउछ र बिकास निमार्ण काम गर्न सजिले हुने उहाँको भनाई छ ।
सोही अवसरमा वडा नं ८ का अध्यक्ष बाबुराम अर्यालले बन संर्वद्धनको कार्य निकै प्रसंसनीय भएको बताउदै नाङ्गो डाडो अब हरियाली हुने र बन उत्पादनमा वृद्धि भई आए आर्जनमा टेवा पुग्ने बिश्वास जनाउनु भयो । उहाँले नव प्रभात सामुदायिक बनले थालेको बृक्षा रोपण कार्यको प्रशंशा गर्दै विरुवा हुर्काउन वडाले सकेको सहयोग गर्ने बताउनु भयो ।
डिभिजन बन कार्यालय कपिलवस्तुको बार्षिक कार्यक्रम अन्तर्गत रु १२ लाख ५० हजारको लगानीमा नवप्रभात सामुदायिक बन उपभोक्ता समितिले आफ्नो १८ हेक्टर क्षेत्रमा झन्डै २९ हजार बिरुवा रोप्न थालेको हो । आईतवार देखि वृक्षारोपणको काम थालिएको सामुदायिक बनका अध्यक्ष डिल्लीराज रेग्मीले जानकारी दिनुभयो । बनले तारजालि लगाएर खयर, टिक, सिसौ, जामुन, अमला, बास लगायतका बिरुवा रोप्न थालेको हो । बनका उपाध्यक्ष मित्र कडेलको स्वागत रहेको कार्यक्रमको सन्चालन सचिव सारदा थापले गर्नु भएको थियो । सयौं उपभाक्ताको उपस्थितिमा वृक्षारोपण भएको छ । अहिले रोपेको बिरुवा हुर्कदै जादा नदी कटानको समस्या समाधान हुने सामुदायिक बनले बिश्वास लिएको छ । साथै अबको बीस बर्ष भित्र यी बिरुवा सामुदायिक बनमा आम्दानीको प्रमुख स्रोत बन्ने छन् ।
प्रतिक्रिया