प्रदेश

असार मसान्त सम्म सबै चेकहरु साट्न प्रमुख प्रशासकिय अधिकृत पन्थीको आग्रह




हरि घिमिरे, २७ असार ।
कपिवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले भुक्तानिकालागि काटिएका सबै चेक यहीँ मसान्त सम्म साट्न आग्रह गर्नु भएको छ । साउन एक गते देखि भुक्तानिमा समस्या हुने भएकाले सबैलाई ३१ गते सम्म चेक साट्न आग्रह गरिएको हो । बाणगंगा लगाएत देशका सबै नगरपालिकामा इलेक्ट्रोनिक कोष स्थानान्तरण ( Electronic funds transfer) हुने भएकाले समयमै चेक साट्न तथा जम्मा गर्न भनिएको उहाँले बताउनु भयो । प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार शनिवार राति देखि भुक्तानी प्रणाली बन्द भएको छ । महालेखा नियन्त्रक कार्यालयले दिएको निर्देशन अनुसार सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुले चालु आर्थिक वर्षको भुक्तानी निकासा रोकेका छन् ।

प्रकाशित : २७ असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६