प्रदेश

देशभरका जनप्रतिनिधिको सुविधा कटौती गर्न देउवालाई कांग्रेस नेताको सुझाव



काठमाडौं, २८ असार । स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने सुविधा कटौती गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले सुझाव दिएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मंगलबार (आज) आफ्नो धारणा राख्दै पोखरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदेश सरकारसँग समन्वय गरेर राजनीतिक नेतृत्वको सुविधा कटौती गर्न सुझाव दिएका हुन् ।

‘सरकारले प्रदेश सरकारहरुसँग समन्वय गरी हाम्रो आर्थिक अवस्था नसुध्रिदासम्म स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने अनावश्यक सुविधाहरुमा कटौती गरौं’ उनले भने ।

उनले राजनीतिक सहमति गरी डा. डिल्लीराज खनाल नेतृत्वको समितिको प्रतिवेदन लागू गर्न पनि सुझाव दिएका छन् । सरकारले २०७५ सालमा खनालको नेतृत्वमा सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो । उक्त समितिले सरकारको खर्च घटाउनका लागि सरकारका विभिन्न निकाय खारेज गर्नेदेखि मन्त्रालयको संख्या घटाउनेसम्मको सुझाव दिएको थियो ।

नेता पोखरेलले कांग्रेस नेतृत्वको वर्तमान सरकारले आफ्नै आर्थिक नीतिका आधारमा मुलुक चलाउनुपर्ने बताएका छन् । ‘गठबन्धन दलहरुको फिरन्ते आर्थिक नीतिको पछाडि नलागीसमयमै कांग्रेसले देश र जनताको दीर्घकालीन हितका लागि फजुल खर्च रोकौं, बजेटमा समयमा उपयोगमुलक तरिकाले खर्च गरौं’ उनले भने ।

सरकारले महंगा हतियार र हेलिकप्टर खरिद गर्न लागेको विषयमा पनि पोखरेलले प्रधानमन्त्रीको जवाफ मागेका छन् । ‘विदेशी मुद्रा सञ्चितीको यस्तो अवस्थामा के अहिले यस्ता सामग्रीहरु खरिद गर्ने बेला हो ?’ सरकारको यस्तो गतिविधिले मुलुकलाई श्रीलंकाकै बाटोमा लाने पोखरेलले बताए ।

प्रकाशित : २८ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६