प्रदेश

रुपन्देहीमा ऋण विवादमा दुई भाइको झगडा हुदाँ दाजुको ज्यान गयो



रुपन्देही, २९ असार । रुपन्देहीको गैडहवामा लघुवित्तबाट ल्याएको ऋण विवादमा एक युवाले ज्यान गुमाएका छन् । गैडहवा गाउँपालिका–१ सांडी मडवाकाका अन्दाजी ३० वर्षीय महेश भरको पारिवारिक विवादमा हानाहान गर्दा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मँगलबार राती आफ्नै भाइ उमेश भरले ऋणको विषयलाई लिएर झगडा गर्दै ढुङ्गाले आक्रमण गरेपछि महेश गम्भिर घाइते भएका थिए ।

घटना लगत्तै तत्काल उद्धार गरी भैरहवाको भिम अस्पतालमा उपचारका लागि लगिएको महेशको राती करिब ११ बजेको समयमा मृत्यु भएको हो । गैडहवा स्थित सूर्यपुरामा रहेको ग्राािमण बिकास लघु वित्त वित्तीय संस्थबाट लिएको २० हजार ऋण भुक्तानीका लागि लघुवित्तका कर्मचारीले घरमै पुगेर ताकेता गर्न थालेपछि दुई भाईबीच विवाद उत्पन्न भएको थियो । भाइ उमेशले आफू विदेश गएर पैसा पठाउँदा समेत लघुवित्तको ऋण चुक्ता नगरेको भन्दै दाजुमाथि झगडा गर्दै आक्रमण गरेका थिए । उनको आक्रमणबाट महेशकी पत्निलाई समेत चोट लागेको प्रहरीले जनाएको छ । मृतक महेशको घरमा बुबा, आमा, श्रीमति र छोरी सहित ७ जनाको परिवार रहेको छ । आरोपितलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २९ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६