प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालमा प्लास्टिक सर्जरी सेवा सुरुः मन्त्री चौधरीले गरे निरीक्षण




बुटवल, २९ असार ।
बुटवलस्थित प्रादेशिक अस्पताल लुम्बिनीले प्लास्टिक सर्जरी सेवा सुरु गरेको छ । यो अस्पतालमा अबदेखि आगोले पोलेको, अनुहारको दाग, खत, कोठी, गिर्खा, ओठ फाटेको, अनुहार र हातखुट्टाको खतलगायतका बिरामीको उपचार हुने भएको छ ।सो सेवा सञ्चालनसँगै सहरी विकासमन्त्री मेटमणि चौधरीले अस्पतालद्वारा निर्मित मातृत्व भवन निरीक्षण गर्नुभएको थियो । उहाँले प्रादेशिक अस्पताल सुविधासम्पन्न र सबै सेवा प्राप्त हुने नमुना अस्पतालका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले असार दोस्रो साताबाट प्लास्टिक सर्जरीका अतिरिक्त आँखा, नाक र ओठको कस्मेटिक सर्जरी सेवा सुरु भएको बताउनुभयो । सो अस्पतालबाट हरेक आइतबार, मङ्गलबार र बिहीबार सो सेवा उपलब्ध हुने जनाइएको छ । यसअघि मिर्गौैलासम्बन्धी डायलासिस सेवासमेत सुरु गरिसकिएको छ ।रोटरी क्लब अफ बुटवलले रुपन्देहीको देवदह मेडिकल कलेजसँगको सहकार्यमा देवदहमा रक्तसञ्चार सेवा केन्द्र स्थापना गर्ने भएको छ ।

त्यस्तै बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा बर्निङ युनिट जलेका बच्चाको उपचार कक्षा स्थापना गर्ने योजना अगाडि बढाइएको छ । रोटरीको ३०औँ पदस्थापनका अवसरमा आयोजित कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष बोनिन पियाले सो सेवाहरू सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सामाजिक क्षेत्रमा रोटरीले महत्त्वपूर्ण काम गर्दै आएको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा अझ बढी क्रियाशील भएर अघि बढ्न आग्रह गर्नुभयो ।

प्रकाशित : २९ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६