कपिलवस्तु, २९ असार ।
हिन्दू परम्पराअनुसार आज गुरु पूर्णिमा पर्व रहेको छ । आफ्ना शिक्षक, सल्लाहकार तथा गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै यो पर्व मनाइएको छ ।
संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख हुँदा पूर्वीय परम्परामा यस पर्वको महज्ञ्व निकै रहेको पाईएको हो । गुरु पुर्णिमाको अवसरमा कपिलवस्तुको बाणगंगामा रहेको लक्ष्मणघाट र तौलिहवामा रहेको तौलेश्वर शिव मन्दिरहरुमा बोल बम अर्थात पुर्णिमा मेला शुरु भएको छ । लक्ष्मणघाटमा एक कार्यृक्रमका विच आजबाट बोलबम पुर्णिमा मेला शुरु गरिएको हो ।
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले शिव मन्दिर मा रहेको शिव लिङ्गमा जल चढाएर मेलाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका अर्यालले लक्ष्मणघाटको आफ्नै पहिचान र महिमा रहेको जनाउदै पवित्र स्थानहरुमा नगरले सहयोग गर्ने र स्थानियहरु पनी विकासमा एकजुट हुनुपर्ने बताउनुभएको थियो ।
विशिष्ट अतिथि रिता कुमारी थारुले श्रावणी मेला पवित्रा आस्थाको केन्द्र रहेको बताउदै यसको मुल्य मान्यतालाई जोगाएर लक्ष्मणघाटको विकासमा सवै एकजुट हुनुपर्ने बताउनुभयो ।
बोलवम सेवा समितिका पुर्व अध्यक्ष तेजेन्द्र पाण्डे ले बोलवम जलयात्राका लागि कपिलवस्तु जिल्लाका साथै विभिन्न क्षेत्रकाट भक्तजनहरु आउने बताउदै यहाँको विकासका लागि आफुहरुको अहोरात्र सहयोग हुने र नगरलाई पनी सहयोग सहकार्य गर्न अनुरोध गर्नुभएको थियो ।
वडा नं ६ का वडाध्यक्ष करुण टण्डनले जिल्लामै पुरानो धार्मिक स्थल भएको हुदाँ सवैले सहयोग सहकार्य गर्ने बताउनुभएको थियो । वडा नं ५ का अध्यक्ष दुनिका प्रसाद भुषालले लक्ष्मणघाट बोलवम साझा स्थल भएकोले सवैले सहयोग पु÷याउनुपर्ने बताएका थिए । लक्षमणघाटमा रामसिता मन्दिर, राधाकृष्ण मन्दिर, शिव मन्दिर, मनकामना ,सुपा देउराली लगाएतका मठ मन्दिर रहेका छन् ।
आजबाट ऋषि तर्पणी सम्म लाग्ने श्रावणी मेलामा पहेलो बस्त्र पहिरन गरि समिपमा रहेको बाणगंगा नदिमा स्नान गरि जल पुजन गरि पर्रोहा स्थित शिव मन्दिरमा जलार्पण गर्ने प्रचलन रहेको मन्दिरका पुजारी नेत्र भुषालले बताउनुभयो । यसरी साउन महिनामा शिवको पुजा गर्दा पुत्र लाभ हुने, रोग व्याधि नलाग्ने, प्राकृतिक प्रकोपले नछुने लगाएका मनोकांक्षा पुरा हुने बताए ।
प्रतिक्रिया