प्रदेश

अन्तर्राष्ट्रीय शिक्षक दिवस भन्दा गुरु पूर्णिमाको महत्व रहेको निष्कर्ष




हरि घिमिरे, २९ असार ।
हिन्दू परम्पराअनुसार आज गुरु पूर्णिमा पर्व रहेको छ । आफ्ना शिक्षक, सल्लाहकार तथा गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै यो पर्व मनाइएको छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख हुँदा पूर्वीय परम्परामा यस पर्वको महत्व निकै रहेको पाईएको हो । गुरु पुर्णिमाको अवसर पारेर कपिलवस्तुको बाणगंगामा शिक्षा रुपान्तरणमा शिक्षकको भुमिका विषयक अन्तरसम्वाद कार्यक्रम गरिएको छ । कार्यक्रममा अन्र्तराष्ट्रीय शिक्षक दिवस भन्दा गुरु पूर्णिमाको महत्व रहेको निष्कर्ष छ ।
श्री नवयुग शिक्षक पेसागत सहकारी संस्था लिमिटेड कपिलवस्तुको आयोजना तथा होराइजन स्कुल एण्ड होराइजन जिबिएस बुटबल रुपन्देहीको प्रायोजनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै नेपालि कांग्रेस बाणगंगाका नगर सचिव सुर्य प्रसाद बरालले गुरुर्पिुणमाको दिन यस्तो कार्यक्रम गरेकोमा संस्था लाई धन्यवाद दिदै शिक्षकले चौतर्फी कुरामा ध्यानदिनुपर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै हर्ट विट एफ.एमका अध्यक्ष तथा शिक्षक धातानन्द भुसालले शिक्षक पेसामा रहँदा आफुले भोगेका विभिन्न अनुभवहरु सुनाउनु भएको थियो । कार्यक्रममा अहिलेको शिक्षा कमजोर बन्दै जानुको कारण, विद्यार्थी र शिक्षकका बिच बढ्दै गएको दुरी, शिक्षा लाई प्रभावकारी बनाउन शिक्षकले गर्नुपर्ने कार्य लगायतका विषयमा छलफल भएको थियो ।
अन्तरसम्वाद कार्यक्रममा शिक्षक बिष्णु बेल्बासे, छवि घिमिरेले बोल्दौ पुराना गुरुहरुले जस्तो अहिलेका गुरुहरुले प्रभावकारी शिक्षण पद्धति प्रयोग गर्न नसक्नाले गुरु र विद्यार्थी बिच समधुर सम्बन्ध स्थापित हुन नसकेको बताएका थिए । साथै अहिलेका विद्यार्थी सामाजिक संजालको अत्याधिक प्रयोग गर्नाले, गुरु संग भेटेर छलफल गर्नुभन्दा गुगल गरेर पढ्ने बानीको बिकास भएका हुनाले पनि गुरु र विद्यार्थी बिचको सम्बन्ध प्रगाढ बन्न नसकेको बक्ताहरुले बताएका थिए ।
अहिले स्कुल लेभलका धेरै विद्यार्थी लागुपदार्थ दुव्र्यसनिमा पनि फसेको र त्यो समस्या लाई निराकारण गर्न पनि शिक्षकको भुमिका निक्कै महत्त्वपुर्ण हुने हुँदा शिक्षक गम्भिर हुनुपर्ने बताईएको छ ।
संस्थाका अध्यक्ष गोबिन्द पोख्रेल, उपाध्यक्ष वावुराम घिमिरे, कोषध्यक्ष माधव घिमिरे, सहसचिव सिर्जना खत्री, संस्थाका अन्य पदाधिकारी, शिक्षक, विभिन्न सस्थाका पदाधिकारी, पत्रकार लगयातको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव भरतराज न्यौपाने गरेका थिए ।

प्रकाशित : २९ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६