अर्थ-वाणिज्य

कृषि ज्ञानकेन्द्रको लाखौंको अनुदान : कर्मचारीलाई कमाउने , कथित किसानलाई कुम्लाउने सिकाई

अधिकांस अनुदान सेटिङमा बितरण



कपिलवस्तु ३० असार । कृषि ज्ञानकेन्द्र मार्फत भएको अनुदानका कृषि कार्यक्रम नाममात्रको भएको अनुगमनवाट पाइएको छ। ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेको संयोजनमा कपिलवस्तुका जिसस प्रमुख वावुराम आचार्य ,प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रा सहितको अनुगमन टोलीले कुनै प्रभावकारीता नदेखेको वताइएको छ । खास गरि अनुदान वितरण गर्दा डा. चौवे सहितका उच्च पदस्थ ज्ञान केन्द्रका कर्मचारीले कमिशन खाएर सेटिङमा वितरण गरेकाले उनीहरुले वितरण गरेका मध्येका राम्रा राम्रा हेर्दा पनि सन्तोष गर्ने ठाउ फेला परेन एक अनुगमन कर्ताले भने । ज्ञान केन्द्रका कर्मचारीले २५ देखि ३५ प्रतिशत सम्म कमिशन खाएर अनुदान वाँडेको समाचार यस अघिपनि प्रेसपाटीले लेखेको थियो ।
ज्ञान केन्द्र कपिलबस्तु मार्फत् सञ्चालित कृषि कार्यक्रमहरुको अनुगमन गरिएको हो । कपिलबस्तुुमा सञ्चालन गरिएको धान ब्लक कार्यक्रम , स्मार्ट कृषि गाँउ कार्यक्रम,बीउ पूर्वाधार,गोदाम घर लगायत अन्य कार्यक्रमको बुधबार अनुगमन गरिएको थियो । प्रदेश सरकारले संञ्चलनमा ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट पनि कृषि यान्त्रिकरणमा टेवा पुराउन अनुदान वाडिएको थियो । आर्थिक बर्ष २०७५/७६ बाट लागु भएको स्मार्ट कृषि गाउँ कार्यक्रमको यो चौथो तथा अन्तिम बर्षको कार्यक्रम हो । उक्त अनुदान खासगरी ब्यावसायीक किसानका नाममा नाममात्रको कृषि फर्म चलाएकालाई वाँडिएको थियो ।
कार्यक्रमले सोचे अनुसारको उपलब्धि नभए पनि किसानलाई केहि राहत पुगेको र कार्यक्रमबाट किसानहरुलाई सिकाई भएको डा. चौवेले प्रतिकृया दिए । चार वर्ष सम्म लाखौ लगानी गरेर किसानलाई सिकाई भएको वताउन ज्ञान केन्द्रका प्रमुखले कुनै संकोच मानेनन् । किनकी डा. चौबे सहितका कर्मचारीले कमिशन खाएर वाँडेको अनुदानले कर्मचारीलाई कमाउने सिकाई भएको छ भने सेटिङमा धन कुम्लाउन पल्केका कथित ब्यावसायीक फर्मका मालिकलाई जे जति आएपनि लाभ नै भएको छ । अनुगमनका नाममा फिल्डमा जाने भत्ता खाने र कुनै प्रतिकृया विहिन भएर फर्कने जिससका प्रमुख र प्रजिअलाई भने वास्तविक किसानले खवरदारी गर्नु जरुरी छ ।

प्रकाशित : ३० असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६