अर्थ-वाणिज्य

अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासकै कमजोर




असार ३१,
काठमाण्डौ – अमेरिकी डलरसँग नेपाली मुद्रा इतिहासकै कमजोर भएको छ । पछिल्लो समय विश्वभर डलरको भाउ बढ्दै जाँदा नेपाली रुपैयाँ कमजोर बन्ने क्रम बढिरहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि १ अमेरिकी डलरको खरिद मूल्य १ सय २७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १ सय २८ रुपैयाँ ११ पैसा तोकेको छ ।
नेपालमा डलरको भाउ यति धेरै पुगेको पहिलो पटक हो । पछिल्लो एक वर्षमा डलरसँग नेपाली मुद्रा ७ प्रतिशतले कमजोर बनेको छ । विश्वभर अमेरिकी डलरको माग बढ्दै जानु, युरो कमजोर हुनु, रुस–युक्रेन युद्ध लगायतका कारण डलरको भाउ बढिरहेको छ । तर नेपाली बजारमा युरो भने कमजोर बनेको छ ।
अमेरिकी डलर र युरोको भाउ बराबरी जस्तै छ । आजको लागि राष्ट्र बैंकले युरोको खरिद मूल्य १ सय २७ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य १ सय २८ रुपैयाँ ३१ पैसा तोकेको छ । युरोपमा २० वर्षपछि अमेरिकी डलर युरोभन्दा बलियो बनेको कारण विश्वका धेरै देशमा युरो कमजोर भएको हो ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६