प्रदेश

घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण



दाङ, ३१ असार । डिभिजन वन कार्यालय दाङले घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण सुरु गरेको छ । गाउँनगर बिरुवा वितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अनुसार नागरिकलाई घरमै बिरुवा दिन सुरु गरिएको हो।

बिरुवा लगाउन खोज्ने तर नर्सरीसम्म पुग्न झन्झट मान्नेहरुको सहजताका लागि घरघरमै बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

आज बिहानैदेखि दुई वटा गाडीमा माइकिङ गर्दै कर्मचारीसहित बिरुवा ढुवानी गरेका गाडीले घरमै बिरुवा पुर्याउने र रोप्न पनि सिकाउने उहाँले बताउनुभयो ।

दैनिक जीवनमा काम लाग्ने र लगाउन माग गरिरहेका प्रजातिका बिरुवा निस्शुल्क वितरण थालिएको कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभएको छ । अभियानका क्रममा टिमुर, दालचिनी, अमला, कल्की, कपुर, पारिजात लगायतका प्रजातिका बिरुवा वितरण भइरहेको छ ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६