प्रदेश

एम अधिकारी राष्ट्र बैंकका गभर्नर भए राजीनामा दिनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड



काठमाण्डौ, ३१ असार । सत्ता साझेदार दलहरूको बैठकमा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीको विषयमा छलफल भएको छ ।

बैठकमा छलफलका क्रममा एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएमा उहाँले राजीनामा दिनुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाले जोड दिनुभएको छ । यसबारेमा बैठकमा कुराकानी भएको र प्रधानमन्त्री देउवाले पनि चासो व्यक्त गर्नुभएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

नेकपा एमालेले अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको नाम उल्लेख गरेपछि गभर्नर अधिकारी विवादमा पर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बिहान बसेको गठबन्धनका बैठकमा कुनै पनि राजनीतिक दलमा आबद्ध व्यक्ति नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि गभर्नर हुन नपाउने व्यवस्था भएको र यदि गभर्नर अधिकारी नै ती व्यक्ति हुन् भने यो निकै नै गम्भीर विषय भएको प्रधानमन्त्रीले भन्नुभएको डा. महतले बताउनुभयो ।

बैठकले यसबारेमा थप छलफल गर्ने निष्कर्ष निकालेको छ । ‘यो विषय असाध्यै गम्भीरताका साथ उठेको छ । यदि गभर्नर नै एम अधिकारी हुन् भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने विषयमा विभिन्न पार्टीका प्रतिनिधिबाट धारणा आएको हो’, कांग्रेस प्रवक्ता डा. महतले भन्नुभयो ।

यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपको विषयमा पनि बैठकमा छलफल भएको थियो ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६