प्रदेश

यशोधरा गाँउपालिकाको आगमी आर्थिक बर्षको बजेट, निति तथा कार्यक्रम पारित




कपिलवस्तु ३१ असार ।
कपिलवस्तुको यशोधरा गाउपालिकाको आगामी आर्थिक बर्ष २०७९/७० कोे बजेट ६१ करोड ७८ लाख बजेट अनुमानित बजेट पेश गरिएको छ । गाउपालिकाको दशौं गाँउ सभाको दोश्रो बैठकमा बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सो पेश गरिएको हो । उप मेयर गुन्जा दबी मौर्यको आदेशानुसार प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर सिंहले सभामा बजेट र कार्यक्रम प्रस्तुत गरेका थिए । बजेटमा गुणस्तरीय शिक्षा, स्वास्थ्य पुर्वाधार विकास कृषि क्षेत्रको आधुनिकरण, डिजीटल सेवामा समुदायको पहुच गुणस्तरीय सार्वजनिक सेवामा जोड दिइएको छ । आगामी आर्थिक बर्ष गाउपालिकामा क्याम्पस संचालनकालागि डिपिएआर निर्माण गर्न १५ लाख, गाउपालिकामा एउटा स्मार्ट बिद्यालय बनाउन ८० लाख, मर्यादपुरमा पार्किङ स्थल बनाउन ३० लाख, मर्यादपुर बजारमा सार्वजनिक शौचालय बनाउन १० लाख भाषा तथा सांस्कृतिक प्रबद्र्धनमा २५ लाख आधारभुत अस्पताल संचालनकालागि १ करोड १२ बजेट बिनियोजन गरिएको छ । सो अवसरमा सांस्द बृजेश कुमार गुप्ताले बृक्षारोपण, पानसमा दीप प्रज्जवलन पछि ब्यानर पढेर कार्यक्रमको उदघाटन गरेका थिए । सो अवसरमा उनले बजेटको ठीकढंगले कार्यान्वयन हुुन पर्नेमा जोड दिए । उनले पछि परेको गाउपालिकाको विकासमा बजेट तथा कार्यक्रम केन्द्रित गरिनु पर्ने बताए । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य धरम बहादुर लाल श्रीवस्तवले बजेट तथा कार्यक्रम जनमुखी भएको बताए । उनले यसको कार्यान्वयमा सबैले चासो दिनु पर्ने बताए । सो अवसरमा गाउपालिका गाउपालिका प्रमुख शिवदयाल तिवारीले बजेट तथा कार्यक्रम गाउपालिकाको विकासमा केन्द्रित रहने बताए । उनले गाउपालिको विकासमा सबैले सहयोग गर्नु पर्ने बताए । सभाले बजेतथा तथा आर्थिक तथा बिनियोजन बिधेयक पास गरेको छ ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६