खोज–अनुसन्धान

कपिलवस्तु अदालत कार्य सम्पादनमा लुम्बिनी प्रदेश मै उत्कृष्ट




पार्वती पाण्डे
कपिलवस्तु ३१ असार।जिल्ला अदालत कपिलवस्तु कार्य सम्पादनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ । वार्षिक रुपमा २ हजार ५ सय थान मुद्धा फर्छौट गर्ने लक्ष्य राखेकोमा २ हजार ५ सय २२ मुद्धा फैसला गरेर उत्कृष्ट कार्यसम्पादन गरेको जिल्ला न्यायाधिश तेजेन्द्र शर्मा सापकोटाले जानकारी दिनु भयो । कपिलवस्तु अदालत नमुना जिल्ला अदालतको रुपमा रहदै आएकोमा यसपाली कार्यसम्पादनमा समेत नमुना बनेको हो ।


जिल्ला अदालत कपिलवस्तुले न्यायिक कार्य सम्पादनमा उत्कृष्ट कार्य गरे वापत न्यायधिश खिमानन्द भुषाललाई सम्मान गरिएको छ । न्यायधिश भुसाललाई सबै भन्दा बढि ६ सय ३८ वटा मुद्धा एक आर्थिक वर्षमा फैसला गरे वापत सम्मान गरिएको हो । जिल्ला न्यायाधिश तेजेन्द्र प्रसाद सापकोटाले कदर पत्र ढाका टोपी सहित सम्मान गर्नु भएको हो । वार्षिक समिक्षा कार्यक्रम अन्तरगत उत्कृष्ट कर्मचारी तर्फ अधिकृत नारायण बहादुर बस्नेत र नायब सुव्वा भुमिराम पौडेललाई सम्मान गरिएको छ।
यसै गरी नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलखबहादुर पक्षाईलाई समेत सम्मान गरिएको छ । म्याद तामेलिमा उत्कृष्ट कार्य गर्ने विन्देश्वरी कोहार ,गोविन्द पोख्रेल र सुरेन्द्र वहादुर चौधरीलाई नगद सहित सम्मान गरिएको छ । त्यस्तै हालै कपिलवस्त्ु अदालतमा सरुवा भई आउनु भएका न्यायधिश भुवन गिरीलाई स्वागत गरिएको छ ।जिल्ला न्याधिस शर्माले राम्रो काम गर्नेलाई थप होैसला र अरुकालागि प्रेरणा स्वरुप अदालतले वार्षिक समीक्षा संगै सम्मान गर्ने पष्ििरपाटी रहेको वताउनु भयो । वार्षिक समिक्षा कार्यक्रम जिल्ला श्रेष्तेदार सुमन पान्डेको सहजीकरणमा सम्पन्न भएको हो ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६