अर्थ-वाणिज्य

जगदीशपुर ताल अब चराआरक्ष क्षेत्र, स्थानीयको जीवन बदल्ने एक प्रयास : मुख्यमन्त्री केसी

५ बर्षमा २३ करोड ६० लाख लगानी हुने



पार्वती पाण्डे
कपिलवस्तु ३२ असार ।बिश्व सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तुको जगदीशपुर ताललाई बर्ड सेन्चुरी (पन्क्षी आरक्ष ) घोषणा गरिएकोछ । जगदीशपुर ताललाई लुम्बिनी प्रदेशकै पहिलो र नेपालको दोश्रा चरा आरक्ष क्षेत्र घोषित गरिएको हो ।पर्यापर्यटन , चरा पर्यटनको विकास र आकर्षण बढाउन ताललाई पंक्षी आरक्ष घोषणा गरिएको हो । यस अघि कैलालीको घोडाघोडी ताललाई पंक्षी आरक्ष घोषण गरिएको थियो । लुम्बिनी प्रदेशको वन, वातावरण तथा भु– संरक्षण मन्त्रालयको आयोजना तथा पंक्षी संरक्षण संघ नेपाल र डिभिजन वन कार्यालय कपिलवस्तुको संयोजनमा ताल क्षेत्रको किनारमा आयोजित घोषणा सभामा ताललाई बर्ड सेनचुरी घोषणा गरिएको हो ।लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसीले परेवा उडाई शिलालेख अनावरण पछि बैलुन उडाएर कार्यक्रमको उदघाट्न गर्नु भएको हो । प्रदेशको वन ऐन २०७८ अनुसार प्रदेश सरकारले असार ३१ गते ५ बर्षे कार्ययोजना पारित गरी जगदीशपुरलाई बर्ड सेन्चुरी बनाउने निर्णय गरेको थियो । मुख्य मन्त्री केसीले चरा संरक्षण गरी पर्यापर्यटनको विकास ताललाईै बर्ड सेन्चुरी बनाइएको बताउदै स्थानीयको जीवन बदल्ने एक सार्थक प्रयास यो घोषणा भएको उहाले दावि गर्नु भयो ।


उहाले स्थानीयलाई आय आर्जन र रोजगारीसँग जोडेर जीविकोपार्जनमा सहयोग पु¥याउने गरी पन्छी आरक्ष बनाइएको स्पष्ट पार्नु भयो । मुख्यमन्त्री केसीले लुम्बिनी पछि जगदीशपुर प्रदेश कै दोश्रो राम्रो सम्पदा र गन्तब्य रहेको वताउनु भयो । तालको समग्र बिकास, चरा संरक्षण र पर्यटीय विकासको बाटा खुला भएको भन्दै उनले अब यसको विकासकालागि ईच्छा शक्ति बढाउनु पर्ने औल्याउनु भयो । ‘ जगदीशपुर तालको विकासलाइै गौरवको योजना बनाउनु पर्छ ’ उहाले भन्नु भयो । उहाले तालको समग्र विकासकालागि प्रदेशले अब लगानी समेत बढाउदै जाने स्पष्ट पार्नु भयो । सो अवसरमा उर्जा सिचाई तथा जलश्रोत मन्त्री बीर बहादुर रानाले जगदीशपुर तालले आज देखि आफनो छुट्टै पहिचान बनाउन सफल भएका चर्चा गर्नु भयो । उहाले ताललाई बहु उपयोग गरी अघि बढनु पर्ने तर्क गर्नु भयो ।
ताल बर्ड सेन्चुरी घोषणा भए संगै अब भने यो क्षेत्रका बासिन्दाको जीवन स्तर उकासिने उहाको भनाइछ । वन वातावरण तथा भु– संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले जगदीशपुर ताल मुलुकै मुख्य संपदा रहेको औल्याउनु भयो । उहाले तालको समग्र विकासकालागि अब भने बाटो खुला भएको दावि गर्नु भयो । मन्त्री हमालले चराको संरक्षण संगै जनताको जीवनस्तर बढाउने गरी पर्यटनको विकास गरिने बताउनु भयो । उहाले यसको विकासमा स्थानीयले समेत चासो र साथ दिनु पर्ने प्रष्टाउनु भयो ।
वन वातावरण तथा भु संरक्षण मन्त्रालयले ५ बर्षे कार्ययोजान स्वीकृत गरी ५ बर्षमा २३ करोड ६० लाख २५ हजारको प्रस्ताव पेश गरेको प्रदेशका मुख्य सचिव दिल्लीराम शर्माले जानकारी दिनु भयो । जगदीशपुर पंक्षी आरक्षको संरक्षण र ब्यवस्थापन समामाजिक आर्थिक संबृद्धि र वातावरणीय सुरक्षामा योगदान दिन र दीर्घकालीन सोच सहीत यसलाई अगाडी बढाइएको उहाको भनाइछ । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ताललाई कृषक र यस क्षेत्रको बासिन्ँदाहरुलाई फाईदा पुग्ने गरी विकसित गर्नु पर्ने बताउनु भयो । उहाले ताललाई फेवा ताल र नैनी ताल जस्तै बनाएर स्थानीय बासिन्दाका आर्थिक अवस्था सुधार गर्ने गरी विकसित गर्नु पर्ने बताउनु भयो ।


तालको सरक्षण र बुद्धीमतापुर्ण उपयोग गरी त्यसबाट प्राप्त लाभको न्यायोचित बितरण गर्न नै कार्ययोजना बनाइएको हो । कार्ययोजनामा जलाशय संरक्षण, जीविकोपार्जन सहयोग, वातावरणमैत्री भौतिक पुर्वाधार विकास, पर्यापर्यटन पूबद्र्धन, जनचेतना तथा क्षमता विकास अध्ययन अनुसन्धान रहेका छन । वन, वातावरण तथा पर्यापर्यटन विशेषज्ञ विश्वनाथ ओली र गणेशराज जोशीको टोलीले अध्ययन अनुसन्धान गरी दिएको प्रतिबेदनका आधारमा ताललाइ पंक्ष आरक्ष बनाइएको हो । ‘चरा संरक्षण र पर्यापर्यटनको विकासका लागि वन वातावरण तथा भु संरक्षण मन्त्रायका सचिव दुर्गा बहादुर कार्कीले स्पष्ट पार्नु भयो । पक्षी आरक्ष बनाएर पर्यापर्यटन विकास गर्न डिभिजन वनले ६ महिना लगाएर पाँचवर्षे व्यवस्थापन कार्ययोजना बनाएको थियो । मन्त्रालयले आगामी आवका लागि २५ लाख बजेट विनियोजन गरेको छ ।अन्य स्रोत संरक्षणसँग सम्बन्धित संस्था र सरोकारवालासँग जुटाएर काम थाल्ने सचिव कार्कीको भनाइछ । रामसार क्षेत्रमा सूचीकृत नेपालका १० सीमसार क्षेत्रमध्ये जगदीशपुर ताल पनि एक हो ।कपिलवस्तु नगरपालिका–९ र १० मा रहेको यो ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १९७२/१९८० मा सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको ताल अहिले चरा अवलोकनका लागि मुलुककै उत्कृष्ट गन्तव्य बनेको छ ।


बसाइँसराइ गरी आउने पाहुना चरा, विभिन्न प्रजातिका माछा, उभयचर, आसपास पाइने वन्यजन्तु, वनस्पति यहाँका मुख्य जैविक विविधता हुन ।आईयूसीएन नेपालले गरेको एक अध्ययनले यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ । ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइने जनाएको छ । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ८ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका जाडो याममा आउने र ३ प्रजातिका आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिने वन्यजन्तु पानीबिरालो र ८ प्रजातिका चरा पनि यहाँ पाइन्छ । घोषणा सभामा थारु र मगर नृत्य समेत प्रस्ूतत गरिएको थियो । घोषणा लगत्तै मुख्यमन्त्री केसीले गच्छामी मिडियाले गरेको चरा सम्बन्धी फोटा प्रर्दशनी अवलोकन र जगदीशपुर तालमा निर्मित भ्यु टावरको उदघाटन समेत गर्नु भएको थियो ।
मन्त्री हमालको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन काार्यलय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदी, जगदीशपुर जलायस बहुसारोकार मंचका अध्यक्ष ललति गरुङ , बिज्ञ डाक्टर बिश्व नाथ ओली लगायतले तालका विकास जानकारी दिनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेशका आधा दर्जन मन्त्रीहरु जिल्ला स्थित सुरक्षा निकायमा प्रमुखहरुको सहभागीता थियो ।लुम्बिनी प्रदेश वन ऐन २०७८ को परिच्छेद ११ को दफा ४५ मा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पन्छी र संकटापन्न वन्यजन्तुको वासस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई वर्ड सेन्चुरी वा जैविक मार्ग घोषणा गर्न सकिने व्यवस्था छ ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६