प्रदेश

सडक बालबालिकाको मिर्गाैला झिकेर बेचेको आरोपमा ५ जना पक्राउ



साउन १,
काठमाण्डौ – सडक बालबालिकाको मिर्गाैला झिकेर बेचेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही तथा विमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरेको हो । उनीहरूले काठमाण्डौका सडक बालबालिकालाई फकाएर भारत लगी उनीहरूको मिर्गाैला झिकेर बेचेको पाइएको प्रहरीले जनाएको छ ।
भारतमा गएर मिर्गाैला दान गरेबापत जनही पाँच लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारि सडक बालबालिकालाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरूलाई गएको असार २८ गते काठमाण्डौको विभिन्न ठाउँबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६