अर्थ-वाणिज्य

बाणगंगामा छिमेक लघुवित्तको १ सय ९४ औं शाखा विस्तार




हरि घिमिरे, ०१ साउन ।
कपिलवस्तुको बाणगंगामा छिमेक लघुवित्तको शाखा विस्तार भएको छ । नेपाल अधिराज्य भरी ६९ वटा जिल्लामा रहेका शाखा मध्य १ सय ९४ औं शाखाको रुपमा पिपराको कलौनिमा विस्तार गरिएको हो । आईतवार (आज) एक कार्यक्रममा विच छिमेक लघुवित्तका प्रदेश प्रमुख श्रीकृष्ण जोशीले शाखाको उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहलाई संम्बोधन गर्दै जोशीले संस्थाले कर्जा,बचत,विमा मात्र नभइ सामाजिक काममा पनि राम्रो सहयोग पुगेकोे वताउनु भयो । ४ लाख ५ हजार ६ सय ७० सदस्यहरुले विभिन्न शिर्षकमा जम्मा गर्नुभएको बचत छव्वीस अरव वाउन्न करोड तथा असुलीमा रु ३३ अरव ४२ करोड कर्जा रकम रहेकोे प्रदेश प्रमुख जोशीले वताउनु भयो । संस्थाले यस शाखा मार्फत आफना ग्राहक सदस्य लाई पहिला भन्दा पनि छिटो छरीतो, घरदैलो सेवा दिने उदेश्यका साथ यो शाखा स्थापना गरीएको वताउनु भयो । सदस्यको सेवा,सुविधा तथा आफना सदस्य लाई परेका हरेका समस्यामा छिमेकले मलम लगाउने काम गर्दे आएको र निकट भविष्यमा पनि यस सेवा लाई निरन्तरता दिदै अभिभावक को भुमिका मा रहने जोशीको भनाई छ । “ग्रामिण विकासको आधार लघुवित्तको गुणात्मक विस्तार” भन्ने मुल नाराका साथ संस्था स्थापना भएको बताईएको छ ।
कार्यक्रममा संस्थाका अनुगमन कर्ता टेकराज पन्थ, सञ्जय विष्ट, बाणगंगाका शाखा प्रबन्धक अनिता ठकुरी, शाखाका कर्मचारीको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन गोरुसिङ्गे शाखाका प्रबन्धक विष्णु भुसालले गर्नु भएको थियो ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६