कपिलवस्तु, ०१ साउन ।
कपिलवस्तुका ५४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । छन्द(काले बाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको प्राविधिक सहयोगमा बिजयनगर गाउँपालिकाको स्थानीय व्यवस्थापनमा बिजयनगर गाउँपालिकामा नजिकको दुरीको लागि उपयोगी हुने निःशुल्क चस्मा वितरण गरिएको हो ।
बिजयनगर गाउँपालिकाका ७ वटै वडाका ४० वर्ष नाघेका जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहरू समेत गरी ५४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको अस्पतालका दृष्टि विशेषज्ञ सुशील कार्कीले बताउनु भयो ।
चस्मा जाँच कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले आँखा शरीरको महत्त्वपूर्ण अङ्ग रहेकोले समय समयमा आँखाको जाँच गर्नुपर्ने बताउनुभयो । पालिका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई निःशुल्क चस्मा वितरण गरेकामा धन्यवाद दिनुभयो ।
छन्द(काले बाबु) नारायणी आँखा अस्पतालका दृष्टि विशेषज्ञ सुशील कार्की,नेत्र सहायक रमेश चन्द्र विष्ट,देवराज शर्मा,मधु खड्का लगायतको प्राविधिक टोलीले सेवा दिएको थियो । आगामी दिनमा कपिलवस्तुका अन्य पालिकाहरूमा पनि यस्तै निःशुल्क चस्मा वितरणको कार्यक्रम रहेको आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो ।
१ श्रावण २०७९, आइतबार








प्रतिक्रिया