खोज–अनुसन्धान

तिलोत्तमाका प्रशासकिय अधिकृतको कक्षमा ताला :कार्यलय प्रबेशमा रोक ,राजनीनामाको माग



रुपन्देही २ साउन ।तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीको कार्यकक्षमा जनप्रतिनिधिहरुले ताला लगाई दिएका छन्। नगरसभामा बिवाद बढ्दैजाँदा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एक पक्षिय ढंगल काम गरेको भन्दै उप प्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधीहरुले ताला लगाई दिएका हुन। तिलोत्तमा नगरपालिकाको १२ औं नगर सभाको तेश्रो र चौथो बैठकको उपस्थीती र गणपुरक संख्यामा ज्ञवालीको भुमिका बिवादास्पद रहेको एमाले निकट जनप्रतिनिधीहरुको आरोप छ। उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रुपमा नगरसभाका एकै दिनका बैठकमा अलग अलग उपस्थीती गराउने गरेको आरोप लगाइन्।अव प्रशासकिय अधिकृतलाई पालिका प्रबेशमा रोक लगाइने वताउदै राजीनामा नदिए सम्म कुनै संवाद नहुने जनाइएको छ ।
हामीले उपस्थीती गरेको उपस्थितिपुस्तीका गायव पारेर प्रशासकीय अधिकृत ज्ञवालीको योजनामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुको मात्रै उपस्थीती तयार गरी हस्ताक्षर गराएकोले नैतिक हिसावले अव ज्ञवाली नगरपालिकाको प्रशासकीय अधिकृत स्वीकार्य नहुने चौधरीेले बताईन्। नगरप्रमुख रामकृष्ण खाणले घोषणा गर्दा एमालेका ४२ जनाको उपस्थीती गरेको माईनुट अनाधिकृत ब्यक्ती मार्फत लुकाउन खोज्दा नियन्त्रणमा लिईएको उनले बताईन्।यता रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तावित बजेट आइतबार पनि पास हुन सकेन । नगर प्रमुख रामकृष्ण खाँणले नगरसभामा गणपुर संख्या नपुगेको भन्दै बैठक स्थगित गरेपछि नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले नाराबाजी गरेका छन् । बैठकमा उपस्थित सदस्यहरुको संख्या पुग्दा पनि नगरप्रमुख खाँण र प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले बैठक स्थगित गरेको एमालेको आरोप छ ।

बैठक सुरुहुनुभन्दा अघि नै आफ्ना ४८ जना नगर सदस्यहरु उपस्थित भएको र बैठक सुरु भएलगत्तै हाजिर गर्न माग्दा प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले हाजिर गर्न नदिएर उपस्थित संख्या नपुगेको भनि बैठक स्थगित गरेको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए ।बैठक स्थगित हुनुका साथै प्रमुख प्रशासकीय अधिकृतबाट अनैतिक कार्य भएको भन्दै एमालेका प्रतिनिधिहरुले नाराबाजी गरेका थिए । यसैगरी विरोध प्रदर्शनमा प्रहरी परिचालन गरिएको भन्दै त्यसको समेत विरोध गरेका छन् । यसअघि असार ३१ गते बोलाइएको बैठकमा पनि गणपुर संख्या नपुगेको भन्दै नगर प्रमुख खाँणले बैठक स्थगित गरेका थिए । उक्त दिन सूचना टास गरी आजका लागि बैठक बोलाइएको भएपनि एजेण्डामै प्रवेश नगरी बैठक स्थगित भएको छ ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६