अन्तर्राष्ट्रिय

भारतमा आज राष्ट्रपतीय चुनाव, द्रौपदी र यशवन्तबीच प्रतिस्पर्धा



साउन २, एजेन्सी ।
भारतमा आज राष्ट्रपतीय चुनाव हुँदैछ । नयाँ राष्ट्रपति चुन्न संसद् र विभिन्न राज्यका विधान सभामा मतदान हुनेछ । चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाबाट पूर्व गभर्नर द्रोपदी मुर्मू उम्मेदवार हुनुहुन्छ भने विपक्षी दलले पूर्व केन्द्रीय मन्त्री यशवंत सिन्हालाई उम्मेदवार बनाएको छ ।

चुनावमा सत्तारुढ दलका उम्मेदवार द्रौपदी मुर्मूको पक्षमा समर्थन धेरै देखिएको छ । यसले गर्दा उहाँले मत धेरै पाउन सक्ने अनुमान छ । चुनावको नतिजा आउँदो बिहीवार सार्वजनिक हुनेछ । द्रौपदी मुर्मू राष्ट्रपतिमा चयन भएमा उहाँ आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति बन्नु हुनेछ।

वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आउँदो ८ गतेदेखि सकिन लागेकाले भारतमा नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुन लागेको हो ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६