काठमाडौँ, ०२ साउन । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिनुभएको हो । पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ ।
पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ । पोखरेलले एआइजी पूजा सिंह मार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिनुभएको हो । पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ ।
आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेपछि पोखरेल २०७९ वैशाखमा आइजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पग्नुभएको थियो । एआईजीमा बढुवा भएको डेढ महिनामै सिंह आइजीपीमा नियुक्त हुनु भएको थियो । २०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले जेष्ठता मिचेर सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो ।








प्रतिक्रिया