खेलकुद

नेपाल टी–२० लिग खेल्ने चार टिमको घोषणा, बेस प्राइज १५ लाख हुने




काठमाडौं, ०२ साउन । पहिलो पटक आयोजना हुने लागेको नेपाल टी–२० लिग खेल्ने टिमको नाम सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार हायत प्यालेसमा एक कार्यक्रम गर्दै लिग खेल्ने ४ टिमको नाम मात्र सार्वजनिक गरेको हो । नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएपनि सोमबार कार्यक्रममा चार टिमको नाम मात्र घोषणा भएको हो । जसमा कान्तिपुर क्यापिटल्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र लुम्बिनी अलस्टार्स छन् ।

बाँकी दुई टिमको घोषणा छिटै हुने क्यानका कार्यबाहक सचिव प्रशान्त मल्लले बताउनुभयो । क्यानले गत जेठमा लिग खेल्ने ६ शहरको नाम सार्वजनिक गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र सुदूरपश्चिम थियो ।

ती टिमको स्वामित्व लिनका लागि क्यानले टेण्डर आह्वान गरेको थियो । त्यसै अनुसार फ्रेन्चाइज टिम नाम टुङ्गो लागेको हो । क्यानले नेपाल टी २० लाई नै नेपालको आधिकारिक फ्रेन्चाइज लिग भनेको छ । जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पनि स्वीकृति दिइसकेको छ ।

क्यानले नेपाल टी–२० लिगलाई आफ्नो ड्रिम भेन्चर मानेको छ । यसले नेपाली क्रिकेटलाई नै परिवर्तन गर्ने क्यानको दाबी छ । क्यानले गत जेठमा नेपाल टि–२० लिगको आधिकारिक घोषणा गरेको थियो । जसअनुसार पहिलो संस्करण आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । नेपाल टी–२० लिगमा खेल्ने क्याटेगोरी एका खेलाडीको बेस प्राइज नै १५ लाख हुने भएकोले खेलाडीहरू भने उत्साहित छन् ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६