प्रदेश

बाणगंगाका ३ वटा वडामा बाडियो भूमिहिनलाई डिजिटल निस्सा, अन्यमा जारी




कपिलवस्तु, ०३ साउन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले असार २८ देखि भूमिहिनलाई डिजिटल निस्सा प्रदान गर्न थालेको छ । नगरपालिकाले पहिलो चरणमा वडा नम्बर ५, ६ र १० मा डिजिटल निस्सा प्रदान गरिसकेको छ । साउन १ देखि वडा नं. २, ७ र ९ मा डिजिटल निस्सा प्रदानको काम जारी रहेको नगरपालिकाले जनाएको छ । साउनको ५ गते देखि बाँकी रहेका वडा नं. १, ३ र ४ मा डिजिटल निस्सा प्रदान गर्ने नगरपालिकाका मेयर चक्रपाणी अर्यालले जानकारी दिनु भयो । नापी नक्साका लागि नगरपालिकाका विभिन्न २२ स्थानमा नियन्त्रण विन्दु राखिएको छ ।

नगरपालिकामा ६ सय १८ परिवार भूमिहिन दलित, २ हजार ९ सय ४१ परिवार भूमिहिन सुकुम्बासी र ६ हजार १ सय ७४ परिवार गरि जम्मा ९ हजार ७ सय ३३ परिवारलाई डिजिटल निस्सा प्रदान गरिने भूमि इकाई कार्यालय बाणगंगाका प्रमुख खिम बहादुर जिसीले बताउनु भयो । १० पालिका रहेको कपिलवस्तुमा भूमि आयोगले निरन्तर ताकेता गरेपछि स्थानीय तहले भूमिहिनलाई जग्गा दिलाउनका लागि काम सुरु गरेका हुन् । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले यो पालि जग्गाधनी पूर्जा पाउने आशा राखेका छन् ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६