प्रदेश

प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत करारका कर्मचारी नहटाउन आग्रह



काठमाण्डौ, ०३ साउन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत करारका कर्मचारीलाई नहटाउन आग्रह गरेको छ ।

मन्त्रालयले पालिका तहमा रोजगार सेवा केन्द्रमा कार्यरत केही रोजगार संयोजक तथा प्राविधिक सहायकको करार सम्झौता भङ्ग गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड–२०७६ र स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड–२०७८ मा व्यवस्था भए अनुसार कार्यसम्पादन मूल्याङ्कन आधारमा करार नवीकरण गर्नुपर्ने केही पालिकाले कार्यपालिकाको निर्णयका आधारमा करार भङ्ग गरेको जानकारीमा आएको पनि मन्त्रालयले जनाएको छ । यसअघि नियुक्त भएका रोजगार संयोजक तथा प्राविधिक सहायक कर्मचारीलाई कानुनी प्रकृया अनुसार बाहेक सेवाबाट नहटाउन परिपत्रमार्फत भनिएको छ ।

कार्यक्रमको सुरुवातदेखि नै भर्ना गरिएका जनशक्तिलाई तलब, भत्ता र अन्य सेवा सुविधा प्रदान गरी सङ्घीय सरकारले लगानी गरी मानवपुँजी निर्माण गरेको हो ।

यो कार्यक्रम केन्द्रीय ससर्त अनुदान अन्तर्गत सञ्चालित रहेकाले एकमुष्ठ रुपमा कर्मचारीलाई सेवाबाट हटाउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम र युवारुप कार्यक्रमको सोच, लक्ष्य र उद्देश्यमा दख्खल पर्न गएको राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६