साउन ३,
काठमाण्डौ – मनसुन फेरि सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
बिहान काठमाण्डौमा पानी परेको थियो भने प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोदेखि देशका धेरै ठाउँमा नै पानी पर्ने सम्भावना छ ।
अबको तीन दिनसम्म नै मौसम बदली भई धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । यस्तै, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले बताएका छन् ।
लगातार तीन दिन पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने भन्दै मौसमविद्ले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । पर्सि दिउँसोदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
३ श्रावण २०७९, मंगलबार








प्रतिक्रिया