साउन ३,
चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अब नारायणी नदीले कहिले पनि दुःख नदिने दाबी गर्नुभएको छ ।
आज मङ्गलवार भरतपुर १७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धको काम अगाडि बढेको बताउनुभयो । नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रासमा बस्नुपर्ने अवस्थाको दीर्घकालीन रूपमा समधान भएको मेयर दाहालले दाबी गर्नुभयो ।
मेयर दाहालले मेघौली, गोलाघाट, शिवघाट हुँदै नारायणगढ बजारसम्म तटबन्ध निर्माणको काम सम्पन्न भएसँगै नारायणी छेउमा रहेका बस्तीका बासिन्दाले विगतमा जस्तो वर्षा लाग्दा चिन्तित हुन नपर्ने उल्लेख गर्नुभयो । नारायणीको समस्याबारे विगतमा यहाँका बासिन्दाले महानगरपालिकालाई ध्यानाकर्षण गरेकै कारण सङ्घीय सरकारलाई पहल गरी यति ठूलो बजेट ल्याउन सकेको उहाँको भनाइ छ ।
विगतको पाँच वर्ष पनि नागरिकको चाहनाअनुसार विकासका कामलाई अगाडि बढाएको स्मरण गर्दै मेयर दाहालले अबको कार्यकालमा जनप्रतिनिधि होस् त यस्तो होस् भन्ने उदाहरण पेस गर्ने गरी काम गर्ने बताउनुभयो ।
३ श्रावण २०७९, मंगलबार








प्रतिक्रिया